आज :

दाङमा जुत्ता-चप्पल गौदाममा आगलागी, पाँच जनाको मृत्यु

दाङ । तुलसीपुरस्थित एक जुत्ता गौदामा आगलागी भएको छ । दाङको तुलसीपुरस्थित जुत्ता-चप्पलको गोदाममा बिहीबार रातिदेखि लागेको आगलागी योसमाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन ।

तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित ‘इरम फुटवेयर’ जुत्ता-चप्पल गोदाममा भइरहेको लागी प्रहरीले नियन्त्रणमा ल्याउने प्रसाय गरिरहेको छ ।

दाङ प्रहरीका अनुसार आगलागीबाट ५ जनाको मृत्यु भएको छ । घरभित्र बसेका उनीहरुको आगो र धुँवाको रात तथा तापले समयमा उद्दार हुन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति गस्तीमा गएको प्रहरीले आगो लागेको देखेको थियो । दमकलसहित प्रहरी उक्त घरमा पुग्दा आगो धेरै फैलिसकेकोले नियन्त्रणमा ल्याउन कठिन भएको बताइएको छ । घर मालिक काठमाडौं बस्दै आएकोले उक्त गोदाम कसको हो भन्नेबारे खुलेको छैन ।

प्रहरीका अनुसार विद्युत मिटर पड्किदा आगलागी भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal