
काठमाडौं। चालु शैक्षिक सत्रको माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बुधबार बसेको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षाको समयतालिका बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने भएको छ । स्थानीय तहको चुनावको मितिसँग नजुधोस् भनेर एसईईको मिति तोकिएको थिएन ।
बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।