आज :

बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, बेहुला-बेहुलीसहित घाइते

काठमाडौं । प्युठानमा बेहली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ओखरपाटामा भएको दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारको ज्यान निधन भएको हो ।

ज्यान गुमाउनेमा पाँच जना महिला र तीन पुरुष रहेका छन् । ज्यान गुमाउनेमा गौमुखी गाउँपालिका-६ लिवाङका ३९ वर्षीय बसन्त खड्का र छोरी ११ वर्षीया एलिसा खड्का, ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगरको घटनास्थलमै ज्यान गएको छ ।

घटनामा परी बेहुला-बेहुलीसहित दुर्घटनामा पाँच जना घाइते भएका छन् । बेहुला २५ वर्षीय दानबहादुर खड्का र बेहुली २० वर्षीय रिमा जिसी रहेका छन् । त्यस्तै २५ वर्षीय साबित्रा जिसी, गौमुखी गाउँपालिका-६ लिवाङका १७ वर्षीय नरेश खड्का, र २१ वर्षीया हरि बुढामगर रहेका छन् । उनीहरु सबै  नौबहिनी गाउँपालिका हुन् ।

  • फाइल फोटो

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal