आज :

राष्ट्रियसभा निर्वाचनः प्रदेश १ बाट शेर्पाले जोगाए एमालेको इज्जत, १८ सिट गठबन्धनले जित्‍ने पक्का

काठमाडौं । राष्ट्रियभा निर्वाचनको मतगणना सकिने लागेको छ । प्रदेश नं. १ मा एकजना बाहेक सबै उम्मेवार सत्ता गठबन्धनका विजयी भएका भएका छन् । मधेस प्रदेशको नतिजा आउन सकेको छैन ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका जनता समाजवादीका नेता हेमराज राई पराजित भएका छन् । उनलाई एमालेका उम्मेदवार साेनाम गेल्जेन शेर्पाले पराजित गरेका हुन् । शेर्पाले ४ हजार ७ सय ५२ मतभार प्राप्त गर्दा राईले ४ हजार ३ सय ६८ मत मात्रै प्राप्त गरे ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएकी छन् ।

खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभातर्फको कूल ५२ मध्ये ३९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १३ मत पाए । स्थानीय तहतर्फ कूल १७५ मध्ये मिश्रले १०४ मत र ६९ भट्टले मत प्राप्त गरेका छन् ।

दलितमा माओवादी केन्द्रका पार्कीले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश विकले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६७ मत पाएका छन् । दलिततर्फ प्रदेशसभामा १ र स्थानीय तहतर्फ ३ मत बदर भए ।

महिलामा एकीकृत समाजवादीकी शाहले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०९ मत ल्याइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरिन् ।

त्यसैगरी गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । निर्वाचन कार्यालयका अनुसार नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् । आलेले ३,०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार पाएका छन् ।

मत परिणाम हेर्दा एमालेले प्रदेश एकमा एक जना मात्रै जित्ने देखिएको छ । बाँकी १८ सिटमा सत्ता गठबन्धनले जित हासिल गर्ने देखिएको छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal