
काठमाडौं । नेपालमा दिनदिनै कोरोना संक्रमण दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज तेस्रो लहरपछिको सबैभन्दा धेरै संक्रमित संख्या हो ।
मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।
आज पनि सबैभन्दा धेरै काठमाडौँ उपत्यका संक्रमित पुष्टि भएका छन् । जसमा ६ हजार ३४३ जना काठमाडौं उपत्यकाकै रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । बुधबारसम्म आउँदा देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।