आज :

काठमाडौं उपत्यकामा आजबाट थप कडाई, सार्वजनिक सेवा लिन ७ गतेबाट खोप कार्ड अनिवार्य

काठमाडौं । कोरोनाको तेस्रो लहरको हटस्पट बन्दै गएको काठमाडौं उपत्यकामा थप कडाई गरिएको छ । तीनवटै जिल्लामा माघ मसान्तसम्म आमसभा,जुलुस, भेला र सम्मेलनलगायतका गतिविधि गर्न रोक लगाइएको छ ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलबार रातिबाट लागु हुने गरी थप आदेश जारी गरेको हो । त्यस्तै सबै धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थना बाहेक मन्दिर दर्शन र पूजाआजामा पनि अस्थायी रोक लगाइएको छ ।

यसअघि माघ १५ सम्म लगाएको सबै प्रकारका भेला, सभा, सम्मेलनको प्रतिबन्ध लगाइएको थियो । यसलाई बढाएर माघ मसान्तसम्म पुर्याएको छ । भौतिक रुपमा उपस्थित गर्नुपर्ने कार्यका लागि २५ जना भन्दा बढी भेला हुन नपाइने नयाँ आदेशमा पनि उल्लेख छ ।

प्रशासन कार्यालयले होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड तोकेको छ । जसमा होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रूपमा मास्क, फेससिल्ड र पञ्जा लगाउनुपर्ने छ । त्यसैगरी होटल तथा रेस्टुरेन्टमा प्रवेश गर्ने सवै सेवाग्राहीले मास्क अनिवार्य गर्नुपर्ने तथा होटल तथा रेष्टुरेन्टले कुल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्नुपर्नेछ ।

होटल तथा रेस्टुरेन्टमा कोही मास्क नलगाइ आएमा व्यवस्थापकले बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई प्रवेश निषेध गर्नुपर्नेछ । त्यसैगरी होटल रेस्टुरेन्टमा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र नियमित रूपमा होटल रेस्टुरेन्ट स्यानिटाइज गर्नुपर्नेछ ।

त्यसैगरी यता लामो दुरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गरेर मात्र यात्रा गराउनुपर्ने छ । प्रशासनले सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा सिट क्षमता भन्दा बढि यात्रु नराख्न, यात्रुलाई अनिवार्य मास्क अनिवार्य गर्ने,सवारी साधन दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने लगायतका व्यवस्था गर्न आदेश दिएको छ ।

उपत्यकामा सार्वजनिक सेवा लिन पूर्ण मात्रा खोप लगाएको हुनुपर्नेछ । यो नियम माघ ७ गतेबाट लागु हुने भएको छ । भौतिक उपस्थिति भई गर्नुपर्ने गोष्ठी, सेमिनार, समीक्षा बैठक, सार्वजनिक निकायमा सेवा प्राप्त गर्न, रङ्गशाला प्रवेश गर्ने र होटल र रेस्टुरेन्टमा प्रवेश गर्न पूर्ण मात्रामा खोप लगाउनु पर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal