
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना सुरु भएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०ः४५ बजेदेखि मतगणना सुरु गरिएको हो ।
काँग्रेसको १४ औं महाधिवेशनमा ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भइसकेको छ ।