
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार थापाले सबैभन्दा धेरै ३ हजार २३ र विश्वप्रकाश शर्माले १ हजार ९८४ मत पाएर निर्वाचित भएका हुन् ।
सभापति शेरबहादुर देउवा प्यानबाट उम्मेदवार बनेका डा. प्रकाशशरण महतले १ हाजर ५५० र प्रदीप पौडेलले १ हजार ४०९ मत पाएका छन् । दुबै जना पराजित भएका छन् । त्यस्तै, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाए ।
सभापतिमा पराजित शेखर कोइरालाको प्यानलबाट गगन गगन र प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाशले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
जितसँगै काँग्रेमा रुपान्तरण सुरु भएको शर्माले संचारकर्मीसँग भनेका छन् । उनले सहिदलाई साँचि राखेर आफ्नो कार्यभार समाल्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।