आज :

काँग्रेस महाधिवेशन आजबाट, पौडेल समूहले सभापतिमा सहमति जुटाउन सकेन

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आजबाट सुरु हुँदैछ । देश विदेशबाट गरी ४ हजार ३ बढी प्रतिनिधि सहभागी हुने काँग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौँमा सुरु हुँदैछ ।

पूर्व कार्यतालिकाअनुसार आज काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुनेछ भने भोलि नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुनेछ । तर, उद्घाटनको विहानसम्म सभापति शेरबहादुर देउवाले पदाधिकारीको टुंगो लगाउन सकेका छैनन् भने नेता रामचन्द्र पौडेल समूहले सभापतिको उम्मेदवारमै सहमति जुटाउन सकेको छैन ।

पौडेल समूहमा नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिको दाबी नछोडेका कारण रामचन्द्रलाई मिलाउन धौधौ भइरहेको छ । १३ औं महाधिवेशनमा अन्तिम भन्दै पौडेल उम्मेवार भएकाले सिंह र कोइरालाले नछोडेका हुन् । पौडेलले एक पटक पार्टीको सभापति हुने रहर गरेकाले समस्या पैदा भएको छ । उक्त समूहबाट वर्तमान सभापति देउवासँग प्रतिस्पर्धा गर्न सक्ने पनि पौडेल नै हुन् ।

कांग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ । त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।

कुल १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा १३४ जनाका लागि निर्वाचन हुनेछ । अकांक्षी धेरै भएकाले दुबै समूहलाई नेता व्यवस्थापन गर्न गारो भइरहेको छ । सभापतिमा सर्वसम्मत भएपनि अन्य पदाधिकारीमा मिलाउन देउवा समूहका नेताहरुलाई पनि सकस भएको छ ।

देउवा समूहमा दुई उपसभापतिमा विजयकुमार गच्छदार र महामन्त्री पुर्णबहादुर खड्काको दाबी छ । तर देउवा समूहभित्र पूर्वमहामन्त्री सिटौला भित्रिएपछि सकस भएको छ । १३ औं महाधिवेशनमा सिटौलाले युवा नेता गगन कुमार थापालाई साथ लिएर मैदानमा उत्रिएका थिए । चुनावमा नराम्रो हार भएसँगै थला परेका सिटौला यस पटक सके उपसभापति बन्ने नसके आफूलाई सहयोग गरेका केही नेतालाई व्यवस्थापन गरेर चित्त बुझाउने पक्षमा रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal