
काठमाडौं । नेपाली काँग्रेसको २४ गतेबाट सुरु हुँदैछ । काँग्रेस नेता कार्यकर्ताहरुलाई महाधिवेशन लागेको छ । प्रतिनिधि पर्यवेक्षक काठमाडौं आउने क्रम जारी छ ।
भावी सभापितदेखि केन्द्रीय सदस्यमा नेताहरुले उम्मेदवारी घोषणा गरिरहेका छन् । सभापतिमा मुख्यगरी वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । सभापतिका आकांक्षी आधा दर्जन नेता भएपनि संस्थापन इतरबाट समूहबाट नेता पौडेल नै बलियो उम्मेदार हुन् ।
पौडेल समूहका शशांक, शेखर कोइराला र प्रकाशमान सिंहको चर्चा भएपनि तीनै नेताले पौडेललाई छोड्ने सहमति गरेका छन् । देउवा समूहमा रहेका विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवारी दिने बताएका छन् । तर अन्तिम टुंगो लागिसकेको छैन ।
मंगलबार चाक्सीबारीमा रहेकाे नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरूको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलिसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
महाधिवेशनबाट कांग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि भोलि बेलुकासम्म आफूहरू पक्षले सहमतिमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका थिए ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ गतेदेखि काठमाडौमा सुरु हुँदैछ ।