
काठमाडौँ । नेकपा (एमाले) को चितवनमा जारी दशौं महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि चुनावी प्रक्रिया अन्तरगत उम्मेदवारी दर्ताको क्रम सकिने लागेको छ । नेतृत्व चयन सर्वसम्मत रुपमा गर्ने निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको प्रयास असफल भएपछि चुनावी प्रक्रिया सुरु गरिएको हो ।
निवर्तमान उपाध्यक्ष भीम रावलको अडानका कारण एमाले चुनावमा जान बाध्य भएको हो । अध्यक्ष मण्डमा समेत रहेका रावलले सर्वसम्मत नेतृत्व चयन गर्नु सर्वसत्तावाद भएको भन्दै लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै आएका थिए ।
सहमतिको लागि भन्दै आइतबार दिनभर महाधिवेशनको बन्दसत्र सुरु हुन सकेन । राति करिब ११ बजे सुरु भएको बन्दसत्रमा ओलीले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाममा रावलसहितका नेताहरुले अस्वीकार गरेका थिए । ओली पक्षकै आकांक्षी नेताहरुले सहमति भन्दा पनि चुनवामै जानुपर्ने जोड दिइरहेपनि खुला रुपमा बोल्न सकेका थिएनन् ।
अध्यक्षमा ओलीले उम्मेदवारी दर्ता गराइसकेका छन् भने उनी निकट विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पौडेलले महासचिवको दाबी गरिरहेका थिए । महासचिव शंकर पोखरेललाई बनाएपछि उनी असन्तुष्ट बनेका थिए ।
ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावको विरुद्ध घनश्यम भुसाल र पौडेलले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । रावलले अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् ।
ओलीले उपाध्यक्षमा प्रस्ताव गरेकामध्ये पूर्वमाओवादी नेता राम बहादुर थापा ‘बादल’ पनि छन् । अरु सबै एमाले नेता नै हुन् । चुनावी प्रतिस्पर्धामा बादललाई पराजित गरेर भुसाललाई जिताउने ओली खेमाकै नेताहरु लागिपरेका छन् । एमाले सेन्टिमेन्टका कारण बादलले पराजय भोग्नु पर्ने हुन सक्ने बन्दसत्र हल बाहिर जम्मा भएका नेताहरु नै बताउँछन् । ओली निकट केही नेताहरु नै भुसालको प्रचारमा लागेको बताइएको छ ।
बादलसँगै सचिवमा प्रस्ताव गरिएका टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सचिवमा प्रस्ताव गरेका छन् । सचिवमा भीम आचार्यको उम्मेदवारीले एक जनालाई चुनौती थपिएको छ ।
यी हुन् ओलीले प्रस्ताव गरेको केन्द्रीय समिति र पदाधिकारीः
युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद अचार्य, योगेश भट्टराई, सुवाचन्द्र नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, कर्णबहादुर थापा, काँशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित ।
अग्नि खरेल, जीवन घिमिरे, रवीन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाइ, गणेश पहाडी, गोकुल बास्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुँयाल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरीधारी लाल न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, दधिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, लक्ष्मी पोखरेल, गणेश ठगुन्ना, झपट रावल, प्रकाश साह, शेरघन राई, पर्शुमेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दाहाल ।
श्रीप्रसाद गबेगु, राम राना, किशोर मल्ल, दिवाकर देवकोटा, पुरुसोत्तम पौडेल, खड्ग खड्का, जेएन थपलिया, कृष्ण दाहाल, राजीव पहारी, कृष्ण थापा, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, कुमार दसौदी, शिवराज सुवेदी, रोमनाथ ओली, सूर्य ढकाल, नवराज रावत, दल रावल, किरण पौडेल, गोविन्द थापा, नरबहादुर धामी, दयाल बहादुर शाही, पठानसिंह बोहोरा, सञ्जिव दाहाल, बालकृष्ण ढुगेल रहेका छन् ।
महिला खुल्लाः महिलातर्फका केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे, शिवमाया तुम्बाहाम्फे, पदमा अर्याल, निशा पोख्रेल, थपमाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल, मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीत गिरी ओली, विमला घिमिरे, शान्ता चौधरी, निरुदेवी पाल, लीलाकुमारी भण्डारी, विना लामा ।
त्यसैगरी भगवती चौधरी, सुनीता बराल, लक्ष्मी गौतम, अम्बिका थापा, सकुन्तला बस्नेत, गीता अधिकारी, बीनादेवी राई, तुलसा थापा, प्रतीक्षा तिवारी, भुटनीदेवी महतो, विन्दा न्यौपाने, सरस्वती बस्नेत प्रभा बराल, कमलादेवी बोहोरा, निरु दर्लामी, शान्ति ढकाल, शोभा ज्ञवाली, सृजना काफ्ले, दक्षिणा शाही, मैना मण्डारी, सीता न्यौपाने, उमादेवी आचार्य, दूर्गा हमाल, सम्झना देवकोटा, कोमल वली, सरिता न्यौपाने, भारती पाठक, विद्या भट्टराई, सर्मिला कार्की, जानुका सिंखडा, बालिका गिरी ।
जनजाति खुल्लाः अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार, डम्बरसिंह सम्बाहाम्फे, टेकबहादुर बलपाकी, कमलजंग राई, दावा लामा, लीलबहादुर थापा, गोकुल घर्तीमगर, दलबहादुर राना, हरि राजवंशी, जमिन्द्रमान घले, सीपी घर्ती, विद्यासुन्दर शाक्य, केशव स्थापित, अजय क्रान्ति शाक्य, जगदिश कुसियर, रामलाल साह, कुन्दन कुसवाह, गंगाप्रसाद यादव, प्रमोद नारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो, प्रभु हजारा, पशुपति दयाल मिश्र, राजकुमार गुप्ता, मोति दुगड, सुशील श्रीवास्तव ।
जनजाति महिलाः उर्मिला थेबे, सूर्यकुमारी श्रेष्ठ, अम्रिता सुब्बा, साबित्रा राणा, तारा राई, ईश्वरी जिएम, तासी स्यांग्बो गुरुङसेनी, जुनेली श्रेष्ठ, जुली कुमारी महतो, ज्वालाकुमारी साह, शिला यादव, कला महतो, सरिता गिरी, रिता देवी साह
थारु खुल्लाः बैजनाथ चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना, बलबीर चौधरी ।
थारु महिलाः गंगा चौधरी सत्गौवा, मञ्जु चौधरी, सरस्वती चौधरी । मुस्लिम खुल्लाः तैयम हुसैन, मोहमद हारुन हलुवाई, सिराज अहमद फारुकी, मोहमद समिर ।
मुस्लिम महिलाः साजिदा सिद्दिकी । दलित खुल्लाः रामदायल मण्डल, ईश्वरी रिजाल, बमबहादुर विश्वकर्मा, पूरणसिंह दयाल, गोविन्द नेपाली, जीतबहादुर दर्जी, जंगबहादुर नेपाली, रामप्रति रावत ।
दलित महिलाः शिवकुमारी गोतामे सार्की, रामरति राम, विष्णुमाया विश्वकर्मा, सविता रसाइली । पिछडिएको क्षेत्रबाट खुल्लाः
भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा, मोहन बानियाँ । पिछडिएको क्षेत्रबाट महिलाः बदमी कुमारी बोहरा । श्रमिक खुल्लाः विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा । श्रमिक महिलाः मञ्जु कुमारी थापा मगर, सीता लामा । उपत्यका विशेष खुल्लाः माधव ढुंगेल ।
उपत्यका विशेष महिलाः विना श्रेष्ठ । सम्पर्क समन्वयः नरेन्द्र श्रेष्ठ, कल्पना थापा ।
प्रदेशः प्रदेश १ खुल्ला- तिलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, वसन्त नेम्वाङ, राजेन्द्र राई
प्रदेश १ महिला- मेनुका काफ्ले, मञ्जु भण्डारी, उषाकला राई । प्रदेश २ खुल्लाः प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समीर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी, प्रभु हजारा पासवान । प्रदेश २ महिलाः कल्पना कटुवाल, रेखा झा, ज्वाला साह ।
बाग्मती खुल्लाः कृष्णकुमार राई, कैलाश ढुंगेल, खेमप्रसाद लोहनी, रामेश्वर राना, आनन्द पोखरेल, सरेश नेपाल । बाग्मती महिलाः रचना खड्का, पेम्बा लामा, पार्वती रावल ।
गण्डकी खुल्लाः मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा, टुकराज सिग्देल । गण्डकी महिलाः नरदेवी पुन, सीमा क्षेत्री, मिनाकुमारी गुरुङ ।
लुम्बिनी खुल्लाः लीला गिरी, खेममान खड्का, नवीन रोका, दिनेश पन्थी, भूमिश्वर ढकाल, हरि रिजाल । लुम्बिनी महिलाः सरिता खनाल, सावित्रा अर्याल, मेनुका पोखरेल ।
कर्णाली खुल्लाः धर्मराज रेग्मी, नीरज आचार्य, गुलावजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह, नागेन्द्र शाही नेशनल । कर्णाली महिलाः तीर्था गौतम, मिना ढकाल, मोहनमाया ढकाल
सुदूरपश्चिम खुल्लाः राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपड बोहोरा, नारादमुनी राना, लीलाधर भट्ट, अफिलाल ओखेला । सुदूरपश्चिम महिलाः कमला वली, कमला बोहोरा, सन्तोष शर्मा रहेा छन् ।
त्यसैगरी ओलीले प्रस्ताव गरेका १९ पदाधिकारीमाः उपाध्यक्ष ईश्वर पोखरेल । उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्षी शाक्य, सुरेन्द्र पाण्डे रामबहादुर थापा बादल र विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ ।
महासचिवमा शंकर पोखरेल । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल । त्यसैगरी ७ जना सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्याल ।