
चितवन । केपी शर्मा ओली आगामी नयाँ अध्यक्षमा सर्वसम्मत हुन सकेनन् । निवर्तमान उपाध्यक्ष भीम रावलले ओलीलाई चुनौती दिएपछि सर्वसम्मत हुन सपना पूरा नभएको हो ।
रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि ओलीले पनि उम्मेदवारी दर्ता गराएका छन् । बन्दसत्रमा चुनाव लड्ने कोही तयार नभएपछि कोसँग लड्नुहुन्छ भन्ने प्रश्न गरेका ओली रावलसँग चुनाव लड्न तयार भएका हुन् ।
रावलकै अडाकै कारण एमालेमा चुनावी प्रक्रिया सुरु भएको हो । सर्वसम्मत नेतृत्व चयनको विरोध गर्दै आएका रावलले अध्यक्षको दाबी नछोडेपछि ओली मध्यरात चुनावी प्रक्रियामा जान तयार भए ।
नयाँ अध्यक्षको लागि ओलीले उम्मेदवारी गराएर आफू निकट नेताहरुसँग छलफलमा जुटेका छन् । रावललाई लज्जाजनक पराजय गर्नुपर्ने ओलीले आफू निकट नेताहरुसँग भनिरहेको बताइएको छ । ओलीले रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए तर पछि नहट्ने बताएका छन् ।
त्यस्तै उपाध्यक्षमा हिजो राति ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका घनश्यम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दिएका छन् ।