आज :

संसदमा जस्तै ‘हुन्छ’ र ‘हुन्‍न’ विधीबाट नेतृत्व चयन गर्ने ओलीको तयारी, रावल र भुसालबीच नयाँ पार्टीबारे छलफल

काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सकिने भएको छ । एमालेले निर्वाचन समिति बनाएपनि ध्वनी मतद्वारा नयाँ नेतृत्व चयन गर्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीले नयाँ नेतृत्वको नाम प्रस्ताव गर्ने जिम्मा हिजै दिएको थियो । भलै उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले विरोध गरिरहेका छन् । दुबै नेताले आफूहरु सर्वसम्मतको पक्षमा नभएको बताउँदै विधानले व्यवस्था गरेअनुसार निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

उपाध्यक्ष रावल र भुसाल सो माग गरिरहेपनि अध्यक्ष ओलीले भने ध्वनी मतद्वारा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेका छन् । सुरु हुने बन्दसत्रमा ओलीले अध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्ने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

ओलीले प्रस्ताव गरेका नाममा कसैको दाबी भए दुबै नाम संसदमा जस्तै ‘हुन्छ’ र ‘हुन्न’ ध्वनी मतद्वारा छान्ने नेताहरुले बताएका छन् । जसको पक्षमा बढीले हुन्छ भन्छन् उसैलाई निर्वाचित घोषित गर्ने ओलीको तयारी भइरहेको उनी निकट नेताहरुले बताएका छन् ।
चुनानी प्रक्रियामा गए आकांक्षी धेरै हुने र आफूले समेट्न खोजेका पात्र र पूर्वमाओवादी नेताहरुले पराजय हुने भएकोले ओली ध्वनी मतमा गएका हुन् ।

अहिले ओलीले अन्तिम सूची बनाइरहेका छन् । वरिष्ठ उपाध्यक्ष भीम रावललाई दिएर सर्वसम्मत गराउने प्रयास भइरहेपनि ओली त्यसमा तयार भएका छैनन् । बरु रावलले चाल्ने कदमको ओलीले सामना गर्ने तर वरिष्ठ उपाध्यक्ष नबनाउने ओलीको तयारी छ । ओलीले आफूपछि आफ्नै खेमाको नेतालाई ल्याउने भएका छन् । पूर्वसभामुख समेत रहेका सुवासचन्द्र नेम्वाङलाई मनाएर ओलीले अहिलेका महासचिव इश्वर पोखरेललाई वरष्ठि उपाध्यक्ष बनाउने भएका छन् ।

त्यसपछि थप उपाध्यक्ष, एक महासचिव, सचिव र केन्द्रीय सदस्यहरुको नाममा पनि छलफल भइरहेको छ । अन्तिम टुंगो लाग्न बाँकी रहेको ओली निकट नेताहरुले बताएका छन् ।

एमालेले १९ पदाधिकारी, ९९ पोलिट्ब्यूरो, ३०१ केन्द्रीय सदस्य छान्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal