
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दोब्बरले बढेको छ । गत वर्षको मंसिरमा प्रतिब्यारेल ४१ डलरमा किनबेच भइरहेको कच्चा तेल अहिले ८२-८३ पुगेको छ ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले विगत वर्ष यही समयभन्दा अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दोब्बरले बढेकोले नेपालमा पनि महंगो भएको बताउँछन् । उनले अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वचालित मूल्यसूची लागू गर्दा नेपालमा पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्ने उपाध्यायले बताए ।
निगमले महंगोमा किनेर जनतालाई राहत घाटामा बेचेको दाबी गरेको छ । निगमले प्रतिलिटर ८३.४९ रुपियाँमा खरिद गरेको पेट्रोेललाई ५७.७३ रुपियाँ कर थपेर १३६ रुपियाँमा बिक्री गरिरहेको छ । खरिद मूल्य र सरकारले लगाएको कर जोड्दा पनि १४१.२२ रुपैयाँ हुन आउँछ ।
त्यस्तै डिजेलमा प्रतिलिटर ४०.४१ रुपियाँ र मट्टितेलमा प्रतिलिटर १५.०२ रुपियाँ कर सरकारले लिने गरेको छ ।
निगमले मूल्यवृद्धि गरेको भन्दै आन्दोलन जारी रहेपनि अझै मूल्य समायोजन गर्नुपर्ने बताएको छ । निमगले घाटा तेल बेच्न निगमले नसक्ने बताएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनेमा अन्तर्राष्ट्रिय बजारसँग नेपाली मुद्राको अलमूल्यन प्रमुख कारण रहेको निगमले बताएको छ ।
संवाद डबलीको कार्यक्रममा बोल्दै प्रवक्ता उपाध्यायले अहिले पेट्रोलमा १७, डिजेलमा १३ र एलपी ग्याँसमा ६ सय ५७ रुपैँया गरी मासिक ५ अर्ब २० कारोड घाटा भइरहेको जानकारी दिए । फेरि पनि मूल्य समायोजनको विकल्प नरहेको निगमले बताएको छ ।