आज :

देउसी खेल्ने समूहलाई बसले ठक्कर दियो, भाइटिका लगाएर गएका सुरज र प्रेमबहादुरको मृत्यु 

काठमाडौं । बसको ठक्करबाट देउसी खेल्न गएका दुई युवाको ज्यान गएको छ । यो घटना मकवानपुरको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्यान गएको हो ।

गए राति बसको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीका २० वर्षका सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ भने आठ जना पैदल यात्रु घाइते भएका छन् ।

घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र अरू तीन जनाको चितवनमा उपचार गरी सात जना डिस्चार्ज भएका छन् । एक जनाको चितवनमा उपचार भइरहेको छ । घटनापछि बसमा आगजनी भएको छ ।

आगो निभाउन पुगेको दमकल पनि स्थानीय बासिन्दाले तोडफोड गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल घाइते भएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।

हेटौंडाबाट नारायणगढका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal