
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) वरिष्ठ नेता सीपी गजुरेल अस्पताल भर्ना भएका छन् । पार्टीका स्थायी समिति सदस्य समेत रहेका नेता गजुरेल सोमबार विहान एक्कासी बेहोस भएका थिए ।
पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका गजुरेललाई उपचारको लागि नयाँ वानेश्वरस्थित निजामति कर्मचारी अस्पताल भर्ना गरिएको छ ।
पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलका अनुसार उपचारको लागि अस्पताल ल्याउँदै गर्दा गजुरेलको होस खुलेको थियो । तर, किन त्यस्तो समस्या आयो भनेर चेकजाँच गर्नुको साथै थप उपचार भइरहेको छ । अहिले गजुरेलको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको बताइएको छ । सबै रिपोर्ट सामान्य रहेको गजुरेलले जानकारी दिए ।
यसैबीच, अध्यक्ष गजुरेल अचानक विरामी परेपछि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आज गर्ने भनिएको पत्रकार सम्मेलनको कार्यक्रम स्थगित गरिएको छ ।