
काठमाडौं । गोरखा केन्द्र भएर फेरि भूकम्प गएको छ । आइतबार विहानै पूर्वी गोरखाको मानबु केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
विहान ४ बजेर ९ मिनेटमा गएकाे भूकम्पको धक्का गोरखा, धादिङ, रसुवा र नुवाकोटसम्मका नागरिकले महशुस गरेका थिए । भूकम्पको धक्का सँगै मानिसहरुले होहल्ला गर्दै उठेका थिए भने धेरैले थाहा नै पाएनन् ।
२०७२ बैशाख १२ मा गोरखा नै केन्द्र बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पयता हजारौंपल्ट भूकम्प र पराकम्पहरु गइरहेको छ ।