आज :

बादल र सर्वेन्द्र खानालविरुद्ध जाहेरी दर्ता, पक्राउ गरेर अनुसन्धान गर्न सक्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार पौडेलको हत्या अभियोगमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता भएको छ ।

विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर नाममा हत्या गरेको भन्दै अभियोगसहितको जाहरी दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता भएको जाहेरीमा अनुसन्धान अगाडि बढाउने प्रहरीको तयारी छ । सर्वोच्च अदालतको आदेशमा बुधबार किटानी जाहेरीमा दर्ता भएको हो ।

पौडेललाई प्रहरीले इन्काउन्टरको नाममा ५ असार २०७६ मा गोली हत् या गरेको थियो । त्यो बेला बादल गृहमन्त्री र खनाल प्रहरी महानिरीक्षक थिए । बादल र खनालको योजनाअनुसार काठमाडौँबाट प्रहरी पठाएर पौडेलको हत्या गरेको आरोप लाग्दै आएको छ ।

उजुरी दर्ताको माग गर्दै दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उजुरी दर्ता गरेर अनुसन्धान थाल्न असोज १२ मा आदेश दिएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन गृहमन्त्री बादल र प्रहरी प्रमुख खनाल दोषी देखाउँदै कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको थियो । तर, अहिलेसम्म सो निर्देशन कार्यान्वयन भएको थिएन । सर्वोच्चको आदेशपछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको हो ।

प्रहरीले बादल र खनाललाई पक्राउ गरेर वा कार्यालयमा उपस्थिति गराएर अनुसन्धान गर्न सक्ने बताइएको छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal