
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले सरकारसँग मन्त्रीको कोटा नमागेको बताएका छन् । उनले संचारमाध्यममा सरकारसँग कोटा मागेको भन्ने कुरा पूर्णतया झुटो रहेको बताए ।
प्रधानन्यायाधीश जबराले सोमबार सर्वोच्च बारका पदाधिकारीहरूसँगको भेटमा संचारमाध्यममा आएका कुरा हल्ला मात्रै भएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताए ।
सरकारमा कोटा मागेको चर्चा चलेपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी प्रधानन्यायाधीशसँग छलफल गरेका थिए ।
छलफलमा सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीश समक्ष सरकारसँग कोटा माग गरिएको विषय प्रकाशमा आएको भन्दै प्रष्ट पार्न आग्रह गरेका थिए ।
जवाफमा प्रधानन्यायाधीश राणाले आफूले त्यसप्रकारको कुनै कुरा नगरेको प्रस्ट पार्दै यस विषयमा सर्वोच्च अदालतले नै चाँडै विज्ञप्तिमार्फत खण्डन गर्न लागेको बताइएको छ ।