
काठमाडौं । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) फुटाएर राजनीतिक सम्बन्धी अध्यादेश खारेज गरिएको छ । एमालेको माधव कुमार नेपाल र जसपाको महन्थ ठाकुर समूहलाई विभाजन गर्न सरकारले ल्याएको अध्यादेश सोमबार खारेज भएको गरिएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश खारेज गर्न सिफारिस गरेको थियो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर राजनीतिक दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ १ भदौमा सिफारिस गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले भदौ २ गते अध्यादेश जारी गरेकी थिइन् । त्यसलगत्तै एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको थियो ।
अध्यादेशको प्रयोजन सकिएपछि सरकारले खारेज गर्न सिफारिस गरेको थियो । अध्यादेश जारी भएकै बेला मन्त्रिमण्डल विस्तार गरे सत्तारुढ गठबन्धन दलहरु नै विभाजन हुन सक्ने खारेजीको माग उठेको थियो । अध्यादेश खारेज नगर्दासम्म नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले सरकारमा मन्त्री पठाएका थिएनन् ।
अध्यादेश खारेज गरेसँगै अब मन्त्रिमण्डल विस्तारको बाटो खुलेको छ । भोलि नै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी थालेका छन् । एकीकृत समाजवादीले मन्त्रीको नाम देउवालाई बुझाइसकेको छ भने जसापले भोलि विहान बुझाउने तयारी गरेको छ ।