
काठमाडौं । विशेष अदालतले चुडामणी शर्मालाई ५० लाख धरौटीमा रिहा भएका छन् । तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा विशेष अदालतले सोमबार ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते मुद्धा दायर गरेको थियो ।
अख्तियारले शर्मासँगै तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । शर्मासहितका पदाधिकारीले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानी नोक्सानी पुर्याई बदनियतपूर्ण काम गरेको पुष्टि भएको भन्दै कारवाहीको लागि अख्तियारले मुद्धा दायर गरेको थियो ।
करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।
उक्त प्रकणले २१ अर्ब अनियमितता भएको थियो । तर मुद्धामा १ अर्ब ३३ लाख दाबी गरेको छ । भ्रष्टाचारीमध्ये शर्मालाइ ठूलाे माछा पनि भन्ने गरिन्छ ।