आज :

तालिबानको असलियतः महिला मन्त्रालय खारेजदेखि सार्वजनिक ठाउँमा शव झुन्ड्याइयो

काठमाडौँ । बीस बर्ष सत्तामा पुगेको तालिबानले आफ्नो असलियत देखाउन थालेको केही घटना सार्वजनिक भएका छन् । तालिबानले सार्वजनिक गर्न चाहेबाहेक कुनै पनि काम कारवाही संचारमाध्यमा आउँदैनन् । उनीहरुले मानवता विरोधी कार्यको गर्भका साथ आफ्नो नियन्त्रणमा रहेका संचारमाध्यमबाट सार्वजनिक गर्न लगाउँछन् ।

अमेरिकाले अफगानिस्तान छोडेसँगै सत्तामा आएको तालिबानले आफ्ना आफूहरुले विश्वको अपेक्षाअनुसार नै आफ्ना कानुनलाई सुधार र लचक भएर लागु गर्ने बताएको थियो । तर, तालिबानले सरकार गठन गरी नसक्दै दुई जना पत्रकारलाई निर्घात कुटपिट गरियो । उनीहरुले सरकारमा सहभागीताको लागि महिलाहरुले गरेको प्रदर्शनको फोटो खिचेका थिए । फोटो खिचेकै कारण दुई जना पत्रकारलाई नियन्त्रणमा लिएर मरणासन्न हुनेगरी कुटपिट गरियो ।

महिलाहरुको मागलाई सम्बोधन गर्नुको साटो कठोर सजाय दिइयो । तालिबानले महिलालाई कठोर सजाय दिएर प्रदर्शनलाई दबाएको छ । र, सरकार गठन गरेलगत्तै महिला मन्त्रालय खारेज गरिदियो । महिला मन्त्रालयका कुनै पनि संरचना जीवत छैनन् ।

त्यसैगरी महिलाहरुलाई स्कूल जानबाट बञ्चित गरिएको छ । तालिबानले आफ्नो कानुनलाई संशोधन गर्ने भनेपनि अहिलेसम्म गरेको छैन ।
यसैबीच हेरात सहरमा तालिबानले अपहरणको आरोप लगाउँदै चारजनालाई हत्या गरी शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइयो । मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट उक्त घटना भएको हो ।

एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको तालिबानले हत्या गरेको हो । तर, केही विवरणमा उनीहरु यसअघिको सरकारको प्रतिनिधि रहेको बताइएको छ ।

समाचारसंस्था एपीलाई प्रत्यक्षदर्शीले हेरातको केन्द्रमा एउटा क्रेनमा शव झुन्ड्याइएको आफूले देखेको बताएका छन् । सोही स्थानमा पसल सञ्चालन गर्ने वजिर अहमद सिद्दिकीका अनुसार चारवटा शव ल्याइएको र त्यहाँ एउटा झुन्ड्याइएको थियो भने बाँकी तीन वटालाई सहरका अन्य स्थानमा देखाउन लगिएको थियो ।

तालिबानले फेरि मानव अधिकारको गम्भीर उलंघन गर्ने प्रष्ट भइसकेको छ । तालिबान सरकारमा कारागार प्रमुख बनाइएका मुल्लाह नूरुद्दिन तुराबीले सुरक्षाका लागि आवश्यक भन्दै मृत्युदण्ड र अङ्गच्छेनको सजाय फेरि थालिने घोषणा गरिसकेका छन् ।

यति मात्रै फरक हो, यसअघि आफ्नो शासनकालमा तालिबानले काबुलको रङ्गशाला तथा इद गाह मस्जिदको मैदानमा बारम्बार सार्वजनिक मृत्युदण्ड दिने गरेको थियो । तर, अब यसरी सार्वजनिक रुपमा सजाय नदिइने तराबीको भनाई छ । उनले आफ्नो कानुन कस्तो हुनुपर्छ भन्ने कसैले हामीलाई भन्ने हैन भन्दै चेतावनी समेत दिएका छन् ।

गत महिना अल्पसङ्ख्यक हजारा समुदायका नौ सदस्यको हत्यामा तालिबान लडाकुहरू संलग्न भएको एम्नेस्टी इन्टरन्याश्नलले जनाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal