
काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेललाई पितृ शोक परेको छ । सो कम्पनीका फाउन्डर समेत रहेका खरेलका पिता स्व. विश्वनाथ खरेलको ८५ बर्षको उमेरमा गत भदौ २१ गते असामायिक निधन भएको कलासिटेक परवारले अनलाइन डबलीलाई जानकारी दिएको छ । ८५ वर्षको उमेरमा असमायीक निधनको खबरले क्लासिक टेक परिवारलाई मर्माहत बनाएको पनि बताएको छ ।
‘वि.स. १९९३ साल मंसिर १३ गते जन्मिएका स्व.विश्वनाथ खरेलको यही मिति २०७८÷०५÷२१ गतेको दिन असामायिक निधन भएको हो र आज १३ औं दिनको पून्य तिथिको अवसरमा क्लासिक टेक परिवार हार्दिक समबेदना अपर्ण गर्दै सम्पूर्ण परिवारजन तथा समस्त शुभचिन्तकहरूमा धैर्य धारण गर्न तथा दिवगंत आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना अर्पण गदर्छौँ ।’ क्लासिटेकले एक विज्ञप्ति मार्फत सो समवेदना दिएको छ ।