
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने तयारी थालेका छन् । शुक्रबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी गराएका थिए । देउवाले गठबन्धन दलबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन समेत आग्रह गरेका थिए ।
शुक्रबार विहान बसेको बैठकमा सहभागी राष्ट्रिय जन मोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई छिटो मन्त्रीको नाम दिन आग्रह गरेका थिए ।
कुन दललाई कुन मन्त्रालय दिने भन्नेमा विहानको बैठकमा सहमति हुन सकेन । थप गृहकार्य गरी गठबन्धनको बैठक साँझ ६ बजे पुनः बस्नेछ ।
प्रधानमन्त्रीले मन्त्रीको नाम मागेसँगै गठबन्धनका नेताहरुले शिर्ष नेताहरुलाई भेटघाटलाई तीब्र पारेका छन् । उनीहरुले आफूलाई मन्त्री बनाउन माग गर्दै शिर्ष नेताहरुकहाँ जाने गरेका छन् ।