आज :

क्लासिक टेकलाई जोडेर प्रकाशित समाचारप्रति आइस्पानको ध्यानाकर्षण, निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले क्लासिक टेकको बिराटनगर कार्यालयसँग जोडेर प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विहीबार आइस्पानका अध्यक्ष सुधिर पराजुलीले विज्ञप्ति जारी गर्दै केही संचार माध्यमहरुले ‘क्लासिक टेकको बिराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी’, ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’ लगायतका बिभिन्न शिर्षकहरुमा प्रकाशि समचारप्रति ध्यानार्कषण भएको जनाएको हो ।

विज्ञप्तिमा आइस्पानले उक्त समाचारमा बिना प्रमाण प्राविधिक समस्यालाई बढवा दिदैँ अतिरन्जितरुपमा समाचार प्रकाशन भएको ठहर गर्दै दुःख व्यक्त गरेको छ । उक्त संचारमाध्यको उप्राविधिक रुपमा भन्नु पर्दा त्यस संचार माध्यमको वेबसाइट क्लासिक टेकमा होस्ट नभएकोले त्यसको स्वामित्व क्लासिक टेकमा नहुने र त्यसमा पहुँच वा नियन्त्रण क्लासिक टेकसंग हुनु असम्भव भएको आइस्पानले जनाएको छ ।

जनतालाई निरन्तर सूचना प्रवाह गर्ने सम्मानित संचारमाध्यमले कुनै एक संस्थाप्रति पूर्वग्रही भएर लागेको भेटिएकोले बताउँदै आइस्पानले अतिरन्जित कुराप्रति नलागी सूचनाको हक बिपरितको कार्य नगर्न पनि हार्दिक अपील समेत गरेको छ । आइस्पानले राज्यको चौथोे अङ्गको रुपमा रहेको स्वतन्त्र पत्रकारिताको आफूहरुले सम्मान गर्दै आइरहेको बताउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा पनि प्रतिवद्ध रहेका जनाएको छ ।

सूचना तथा प्रविधिको विकास सँगसँगै इन्टरनेट सेवा प्रदायक र आम सञ्चारमाध्यम बीचको अन्तरसम्बन्ध नङ र मासुको जस्तै रहेको बताउँदै विज्ञप्तिमा आइस्पानले आम नागरिक सुसूचित हुने अधिकारको लडाइँमा सधै सँगै रहेको जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकार, सम्मानित अदालतको निर्णय बिना कुनैपनि इन्टरनेट सेवा प्रदायकले संचार माध्यमलाई कहिँ कतै पनि प्रतिबन्ध लगाउने अधिकार नरहेको जानकारी समेत आइस्पानले गराउँदै इन्टरनेट सेवा प्रदायकहरु जानकार भई अक्षर अक्षर नियमको पालना गरिरहेका उल्लेख गरेको छ ।

भ्रमपुर्ण, अतिरञ्जित समाचार प्रकाशन तथा प्रसारण गरिनुअघि सम्बन्धित संस्था र ब्यत्तिलाई बुझनुपर्ने पत्रकारिताको सामान्य धर्म निर्बाह गरिदिनु हुन आग्रह गर्दै आइस्पानले स्वार्थ पूर्तिका लागि अर्नगल प्रचार गर्ने ब्यक्ति र सञ्चारमाध्यमहरुलाई जिम्मेवार हुन समेत आग्रह गरेको छ । भविश्यमा यस्ता बिषय आएमा इन्टरनेट सेवा प्रदायक संघसँग पनि बुझ्न, राय सल्लाह लिनका लागि आइस्पानले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal