आज :

मोडल तथा कलाकार निशा घिमिरेको आज अन्त्येष्टी गरिने

काठमाडौं । कलाकार निशाको आजै अन्त्येष्टी गरिने भएको छ । बुधबार साँझ उपचारको क्रममा निशाको निधन भएको थियो । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार घिमिरेको बुधबार साँझ निधन भएको हो । अस्पतालका अनुसार उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे निशाको निधन भएको थियो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएको छ । अस्पतालले घिमिरेको निधनप्रति दुःख व्यक्त समेत गरेको छ ।

भारतमा दुर्घटना परी घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उनको सम्पूर्ण उपचार अस्पतालले बेहोर्दै आएको थियो । उनलाई सीसीयूमा राखेर उपचार गर्दा पनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको अस्पतालले जनाएको थियो ।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।
निशाको मृत्युको खबरसँगै कलाकारहरुले दुःख व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal