आज :

काठमाडौँ महानगरमा नेकपाको ‘जनसेवा तथा संगठन विस्तार अभियान’ जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौं महानगरमा ‘जनसेवा तथा संगठन विस्तार अभियान’ जारी छ । अभियानको क्रममा वडा र टोल टोलमा जनसेवाका कार्यसँगै भेला सम्पन्न भइरहेका छन् । एक महिनादेखि जारी अभियानको क्रममा काठमाडौँ महानगरको वडा नम्बर २८ र २९ का भेला सम्पन्न भएको छ ।

नेकपा काठमाडौँका सचिवालय सदस्य तथा महानगर इन्चार्ज अविरल चन्दले पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा र त्यसको माध्यमबाट वैज्ञानिक समाजवादमा पुग्ने पछिल्लो कार्यनीति प्रगतिशिलहरुको संयुक्त सरकार, संयुक्त सरकारको नेतृत्वमा जनमतसंग्रहकोबारे विभिन्न कोणबाट व्याख्या, विश्लेषण सहित प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । उनले नेपाल र नेपाली जनताका तमाम खाले समस्याको हल गर्न सक्ने एकमात्र पार्टी नेपाल कम्युनिष्ट पार्टी रहेकोले आम जनता र सम्पूर्ण पार्टी पंक्तिले एकढिक्का भएर क्रान्तिको पक्षमा उभिनु पर्नेमा जोड दिए ।

भेलाका प्रमुख अतिथि समेत रहेका चन्दले नेपाली जनताहरु हरेक समयमा क्रान्तिको पक्षमा उभिएता पनि क्रान्तिको नेतृत्व वर्गले जहिल्यै क्रान्तिलाई सम्झौतामा टुंगाइदिने गरेका कारण नेपालमा कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्न नसकेको बताए । लगभग विजयको सन्निकट पुगेको माओवादी आन्दोलन पनि प्रचण्ड बाबुरामले बेचिखाएकै कारण आफ्नो पार्टीले ठुलो चुनौति मोलेर क्रान्तिको झण्डा उठाएको भन्दै दलाल संसदीय व्यवस्थाका नाइकेहरुले दिन खोजेका प्रलोभन, अवसर र धम्किलाई रद्धीको टोकरीमा फ्याकेर पार्टी र नेतृत्व अगाडि बढेको बताउँदै चन्दले जनतालाई कुनै पनि हालतमा धोखा नदिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

महानगर समिति अदृश्यको अध्यक्षता र सञ्चालनमा सुरु भएको कार्यक्रममा महानगर समिति सदस्य दिपक मानन्धर र महानगर समिति कार्यालय सचिव संघर्षले स्वागत मन्तव्य राखेका थिए । भेलाले वडा नं २८ को १५ सदस्यीय र निमाको नेतृत्वमा वडा नं २९ को १५ सदस्यीय नयाँ वडा समिति चयन गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal