
काठमाडौं । नेपालमा थप २ हजार भन्दा बढी जनमा कोरोना भाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार गरी नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ ।
त्यसैगरी कोरोना संक्रमणबाट थप २५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६६३ पुगेको छ भने ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् । जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२२ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २ हाजर ३३७ जना संक्रमणमुक्त भएका छन् ।
आज पनि सबैभन्दा धेरै काठमाडौंमा ४५४ मा संक्रमित भेटिएका छनु । त्यस्तै, कास्कीमा १८१, ललितपुरमा १६९, मोरङमा ११२, भक्तपुरमा ९२, मकवानपुरमा ५५, सुनसरीमा ५४, रुपन्देहीमा ५०, काभ्रेपलाञ्चोकमा ४६, चितवनमा ४५, झापामा ३३, स्याङजामा २९, नुवाकोटमा २३, जुम्लामा २१, दोलखामा १८, बाँकेमा ११ तथा धादिङ र सिन्धुलीमा १०र१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।