आज :

माधव नेपालले पार्टीको नाम फेरे, अब एमाले नहुने

काठमाडौं । नेकपा (एमाले)बाट भरखरै पार्टी विभाजन गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता लागि पेश गरेको नयाँ पार्टीका नाम परिवर्तन गरेका छन् ।

नेपाल अध्यक्ष रहेको पार्टीको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रहने भएको छ । निर्वाचन आयोगले पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने जानकारी दिएपछि नाम परिवर्तन गरिएको हो ।

बुधबार नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, यसअघि नै सर्वोच्च अदालतले २३ फागुन एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने फैसला गरेको थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली अनुसार शुक्रबार नयाँ निवेदन दिँदा नाम पनि फेरिएको छ । नेकपा एकीकृत समाजवादी नाम प्रस्ताव गरिएको छ भने ९५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११५ पु¥याइएको छ । चुनाव चिन्ह भने तय भएको छैन ।

त्यसैगरी महन्थ ठाकुर पक्ष समूहले पनि नयाँ पार्टीको परिर्वतन गरेको छ । अब ठाकुरको पार्टीको नाम लोकतान्त्रिक समाजवादी रहने भएको छ । ठाकुरले पनि बुधबार नै निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि निवेदन दिएका थिए ।

सरकारले पार्टीको केन्द्रीय समिति वा संसदमा २० प्रतिशत बहुमत पुर्याएपछि ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

ठाकुरले कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal