आज :

प्रभु बैंकद्वारा मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालन, भौतिक रुपमा उपस्थित हुनु नपर्ने

काठमाडौँ । प्रभु बैंक लिमिटेडले मेशिन Cash Recycle Machine (CRM) बाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सक्ने सेवा संचालनमा ल्याएको छ । सूचना प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधि एवं प्रणालीबाट नविनतम् बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंकले भौतिक रुपमा उपस्थित नभएरै रकम जम्मा गर्ने सेवा संचालनमा ल्याएको हो ।

मेशिनबाट रकम जम्मा गर्ने सेवा शुक्रबारबाट संचालनमा ल्याएको प्रभु बैंकले जानकारी दिएको छ । योसँगै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य भएको छ । यो सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ ।

मेशिनबाट बैंक खाताा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं. टाइप गर्ना साथै उक्त मेशिनमा रकम जम्मा÷राख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखेपछि तत्कालै (Real Time)  उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट÷भौचर प्रिन्ट हुन्छ । साथै, उक्त मेशिनबाट डेबिट÷क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ ।

प्रभु बैंकबाट सञ्चालनमा ल्र्याईएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ । नेप्स -Nepal Electronic Payment System)  सँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाईनेछ ।

प्रभु बैंकले औपचारिक रुपमा आज देखि सञ्चालनमा ल्याएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै जानु पर्ने बाध्यता हट्नेछ । यसबाट ग्राहक महानुभावहरुको समयको बचत हुनेछ, बैंकको नगद काउण्टरमा उपस्थित भई अनावश्यक भिडभाडबाट उन्मुक्ति मिल्ने हुँदा प्रभु बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुले यो नबिनतम् सेवा उपभोग गर्नुभई लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal