
काठमाडौं । भातरले अग्रिम भुक्तानी लिएर पनि कोरोना भाइरसविरुद्धकोभिसि भोल्ड खोप खोप नपठएपछि जापानबाट खोप आउन थालेको छ । जापानले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउनु भएको छ ।
जापान सरकारले नेपाललाई १६ लाख डोज खोपमध्ये ८ लाख डोज खोप शनिबार र आइतपुर काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ । यो खोप भारतमा निर्मित कोभिसिल्डको पहिलो डोज लगाएका नागरिकलाई लगाउन मिल्ने खोप शाखा प्रमुख झलक शार्मले गौतमले बताएका छन् ।
भारतले अनुदान र खरिद गरिएको कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका झण्डै १४ लाख जेष्ठ नागरिकले खोप पाएका छैनन् । भारतले अग्रिम रुपैयाँ लिएर पनि खोप नदिएपछि जापानी खोप लगाउन जेष्ठ नागरिक बाध्य भएका छन् ।
खोप शाखाका प्रमुख गौतमका अनुसार कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई यो खोप दिने तयारी भइरहेको छ ।
भारतले अग्रिम भुक्तानी लिएर पनि खोप नपठाएपछि सरकारले चीनसँग खोप सम्झौता गरेको थियो । कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोप अहिले नेपाल लगाइरहेका छन् । जति आवश्यक हुन्छ त्यति नै खोप उपलब्ध गराउन तयार भएपछि सरकारले चीनसँग खोप सम्झौता गरेको हो ।