आज :

कोरोना संक्रमणबाट नेकपाकी नेतृ आस्थाकी आमाको निधन, विप्लवले जारी गरे शोक वक्तव्य

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपाल कम्युनिष्ट पार्टीकी नेतृ सावित्रा दुरा ‘आस्था’ की आमाको ज्यान गएको छ । अन्तरिम व्यवस्थापिका सदस्य समेत रहेकी आस्थाकी आमा मनकुमारी गुरुङको उपचारको क्रममा सोमबार विहान निधन भएको हो ।

आमाको ६७ वर्षीय उमेरमा आज विहान २ बजे पोखरामा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई गत जेठ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि जेठ ५ गतेदेखी उपचारका निम्ति अस्पताल भर्ना गरिएको थियो ।

तनहुँको व्यास नगरपालिका–६ शिशाघाट निवासी स्व गुरुङका एक छोरा दिन बहादुर दुरा र तीन छोरी लक्ष्मी गुरुङ, सावित्रा दुरा ‘आस्था’ र गायत्री गुरुङ ‘कुशुम’ छन् । आमा मनकुमारीकी दुई छोरी आस्था र गायत्री राजनीतिमा सकृय छन् । आस्था नेकपाकी केन्द्रीय सदस्य छन् भने बहिनी गायत्री नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश सदस्य तथा प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक छन् ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपाकी केन्द्रीय सदस्य सावित्रा दुरा ‘आस्था’ की ममतामयी आमा मनकुमारी दुराप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । महासचिव विप्लवले आस्थालगायत शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।

‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य क। सावित्रा दुरा ‘आस्था’ की ममतामयी आमा मनकुमारी दुराको कोरोना सङ्क्रमणका कारण आज बिहान भएको दुःखद् र असामयिक निधनले हामीलाई दुःखी बनाएको छ । मृतक आमा मनकुमारी दुराप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, केन्द्रीय सदस्य क. आस्थालगायत सपरिवारमा गहिरो समवेदना प्रकट गर्दछ” विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ

नेपालमा कोरोना भाइरस संक्रमणबाट आइतबार १०९ जनाको ज्यान गएको थियो । पछिल्ला दिनमा संक्रमितभन्दा निको हुनेको संख्या बढिरहे पनि ज्यान गुमाउनेको संख्यामा भने कमी आएको छैन ।

आइतबार देशभर ४ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । कुल १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, आइतबार देशभर ६ हजार २०५ कोरोना संक्रमणमुक्त भएका छन्

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal