आज :

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपचुनावः विपक्षी गठबन्धन बलियो, आजै परिणाम सार्वजनिक हुने

काठमाडौँ । आज लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभाको उपचुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार विहान ९ बजेबाट ३ बजेसम्म मतदान गर्ने समय तालिका तोकिएको छ ।

प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्र तोकिएको छ । निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

नेकपा (माओवादी केन्द्र)बाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गरेपछि उक्त पद रिक्त भएको थियो । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् ।

चुनावमा दुई गठबन्धन छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेय र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् । एमालेलाई जसपाको महन्थ ठाकुर समूहको साथ रहेको छ ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २१७ गरी जम्मा ३ सय जना मतदाता छन् ।

प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी कुल मतदाता ३ सय रहेको छ । जसमध्ये ८३ जना प्रदेश सभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख–उपप्रमुख छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ मतभार रहेको छ ।

एमालेका ३८ सांसद र ८७ स्थानीय तहका प्रतिनिधिको गरी कुल ३३ सय ९० मतभार रहेको छ । विपक्षी गठबन्धनका कांग्रेसको १९ सांसद र ६६ स्थानीय तहका प्रतिनिधि गरी कुल २१ सय मतभार छ । माओवादीका १९ सांसद र ४२ स्थानीय तहका प्रतिनिधि गरी कुल १६ सय ६८ मतभार छ ।

कांग्रेस र माओवादीको मात्रै ३७ सय ६८ मतभार छ । विपक्षी गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद र पाँच स्थानीय तहका प्रतिनिधि गरी कुल एक सय ३८ मतभार छ । जसपाका ६ सांसद र १४ स्थानीय तहका प्रतिनिधि गरी कुल चार सय ४४ मतभार छ ।
यसरी हेर्दा विपक्षी गठबन्धन बलियो देखिएको छ । एमालेको नेता माधव कुमार नेपाल समूहले बागमतीमा जस्तै लुम्बिनीमा पनि फ्स गर्ने सम्भावना रहेको छ । सरकारी गठबन्धन विपक्षीको अगाडि कमजोर छ । नेता नेपाल समूहले आफ्नै उम्मेदवारलाई मत दिएपनि विपक्षी गठबन्धन बलियो छ ।

यसैबीच निर्वाचन आयोगले अन्तिममा आएर मतदाता नामावली सच्चाएको छ । आयोगले प्रदेशसभा सदस्यका रुपमा जसपाका सन्तोष पान्डेय, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन रायमाझी शर्मालाई राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदाता कायम गरेको छ । उनहरुलाई जसपाले कारवाही गरेपछि निलम्बनमा परेका थिए । तर, सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो ।

मतदानको अघिल्लो दिन मतदाता नामावली सच्याइएको भन्दै चार दलले आपत्ति जनाएका छन् । आयोग स्वतन्त्र हुन नसकेको र एमालेको रबर स्ट्याम्प भएर काम गरिरहेको विपक्षी गठबन्धनका नेताहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal