आज :

शिक्षा मन्त्री श्रेष्ठको संयोजनमा थाई नरेशले कोरोनासँग लड्न नेपाललाई पठाए स्वास्थ्य सामाग्री

काठमाडौं । नेपालमा बढेको कोरोना भाइरस संक्रमण महामारीलाई रोक्न सहयोग गर्न थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामाग्री सहयोग गरेको छ ।

थाइल्याण्ड नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाटले पठाएको स्वास्थ्य सामाग्री आइतबार शाही थाई एयर फोर्सको चार्टर विमानमार्फत नेपाल आइपुगेको हो ।

त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विषय परिस्थितिमा नेपालको लागि थाई राजपरिवारले गरेको सहयोग महत्वपुर्ण रहेको बताए । “थाई नरेशप्रति नेपाल सरकारले धन्यवाद दिन चाहन्छु । नेपाललाई आपतपर्दा अन्तर्राष्ट्रिय समुदायले निरन्तर सहयोग जारी राखेको छ । थाई नरेशले पठाएको सहयोग कोरोना नियन्त्रणमा महत्वपूर्ण हुनेछ” मन्त्री ज्ञवालीले भने ।

सहयोगस्वरुप पठाइएका सामाग्री थाइल्याण्डका राजदुत भोसिता भोरासावले स्वाथ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीलाई हस्तान्तरण गरेका थिए । मन्त्री त्रिपाठीले थाई सरकारले गरेको महत्वपुर्ण सहयोगप्रति नेपाल सरकारले थाई नरेश र जनतालाई धन्यवाद दिए ।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजनमा नेपाल भित्रिएको ती सामाग्री विभिन्न अस्पताललाई हस्तान्तरण गरिने छ । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री श्रेष्ठले आफ्नै विमान चार्टर गरी कोभिड नियन्त्रण गर्न नेपालमा स्वाथ्य सामाग्री उपलब्ध गराएकोमा थाई नरेश प्रति आभार व्यक्त गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले थाइ राजदुतावासमार्फत थाइ नरेशलाई पत्र पठाएर ती सामाग्री नेपाल आइपुगेको हो । सोही पत्रको आधार र स्वाथ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पर्ने सूची गरेपछि सोही आधारमा थाइल्याण्ड सरकारले स्वाथ्य समाग्री उपलब्ध गराएको हो । मन्त्री श्रेष्ठले नेपाल र थाईल्याण्डबीचको सुमधुर सम्बन्धको कारण कोभिड नियन्त्रणको लागि महत्वपूर्ण सामाग्री नेपाल आइपुगेको जानकारी गराए ।

नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाट थाई रोयल एडको रुपमा ती स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई सहयोग गरिएको हो । नेपाललाई थाई राजदरवारबाट सहयोग जुटाउन थाइल्याण्डको भिक्षु संघमा प्रतिष्ठित नेपाली मूलका भिक्षु थाइ राजकीय विहार वाट बोभर्नका उप प्रमुख भिक्षु फ्रा देव शाक्य बंशपण्डित अर्थात फ्रा डा. अनिल शाक्य र शिक्षामन्त्री श्रेष्ठसँगको समन्वयमा भएको पहलमा उक्त सहयोग जुट्न सम्भव भएको थियो ।

नेपाली राजदूतावासमार्पmत थाई नरेशलाई पत्र प्राप्त भएपछि थाई नरेशले नेपाललाई सहयोग गर्न निर्देशन जारी भएको थियो । थाई नरेशले नेपाल सरकारलाई १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पिपिइ गाउन, १० हजार जोडी लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेस सिल, २० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर, १ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडीब्याग सहयोग सामाग्री नेपाल सरकारलाई पठाएका छन् । ती सामाग्री बाहेक थाई राजकुमारीले ७ हजार थान पिपिइ गाउन उपलब्ध गराएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal