काठमाडौँ । प्रभु बैंक लिमिटेडले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीनतीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र निष्काशन गर्न लागेको छ । यही जेठ ११ गतेदेखि निष्काशन गर्ने तयारी भइरहेको बैैकले जानकारी दिएको छ ।
बैंकले प्रतिकित्ता १,००० रुपैयाँ अंकित मूल्यको ४०,००,००० कित्ता डिबेञ्चरले हुन आउने कुल रकम रु. ४ अर्बमध्ये १६ लाख कित्ता डिबेन्चर अर्थात् १ अर्ब ६० करोड ऋण पूँजी रकम (५% अर्थात् ८०,००० कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा २४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रु. २ अर्ब ४ं० करोड ऋण पूँजी रकम विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने भएको छ ।
सो ऋणपत्र खरिदका लागि छिटोमा जेठ १६ गतेसम्म आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २६ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक श्री मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।