News Portal

  • लमजुङ केन्द्र भएर दुई पटक भूकम्प, स्थानीयका घर भत्किए, काठमाडौँ हल्लियो

    डबली संवाददाता२०७८ जेठ ५ गते
    ११८ पटक

    काठमाडौं । लमजुङको भुलभुलेलाई केन्द्र बनाएर गएको भूकम्पका कारण स्थानीयक घरहरु भत्किएका छन् । आज विहान ५.८ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    स्थानीयका अनुसार पुराना र कच्ची घरहरु भत्किएका हुन् । तर, मानवीय क्षति भने भएको छैन । भूकम्प विहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको थियो ।

    यसैबीच फेरि लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ८ बजेर २६ मिनेटमा दोस्रो पटक ५.३ म्याग्निच्यूडको भूकम्प गएको गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुश भएको छ ।

    केन्द्रका अनुसार काठमाडौंसम्म धक्का महसुस गरिएको छ । भूकम्प जाँदा स्थानीयको भागाभाग भएको थियो ।

    लमजुङ प्रहरीका अनुसार भूकम्पले माटोले बनेका पुराना घरहरु भत्किएको, चर्किएका छन् । क्षतिको विवरण संकलन भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्