आज :

नेपालमा कोरोना भयाभह बन्दै, आज २२५ जनाको मृत्यु, ९४८३ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइर संक्रमण भयाभह बन्दै गएको छ । मंगलबार अहिलेसम्मकै धेरै २२५ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभर २२५ जनाले ज्यान गुमाएका छन् । उनीहरुको नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २१ हजार ३१६ नमुना परीक्षण गर्दा थप संक्रमण पुष्टि भएको हो । अब नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal