आज :

काठमाडौँ उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप, विहान १० बजेसम्म पसल खोल्न पाइने

काठमाडौँ । काठमाडौँ उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गरेको हो ।

त्यसैगरी बैठकले अत्यावश्यक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय पनि गरेको । यसअघि दोस्रो पटक निषेधाज्ञा थप गरिएसँगै विहान ९ बजेसम्म मात्रै पसल खोल्न दिइएको थियो । पसमा भौतिक दूरी कायाम गरेरर मात्र किनमेल गर्न समेत बैठकले आग्रह गरेको छ ।

बैठकले विवाहमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्था समेत गरेको छ । तर, विवाह पार्टी प्यालेसमा गर्न रोक लगाएको छ । यसअघि विवाहमा १५ जना उपस्थित हुने पाइने व्यवस्था गरिएको थियो । विवाह पार्टीमा गएका धेरै जना संक्रमित भएपछि रोक लगाउन आवाज उठेको थियो ।

त्यसैगरी घरमा पनि १० जना भन्दा बढी उपस्थिति हुन नपाइने पनि निर्णय गरेको छ । सोमबार मात्रै एकै दिन १३९ जनाको संक्रमितको ज्यान गएको थियो ।

त्यसैबीच गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको ज्यान गएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र तनहुँका एक–एक जनाको पोखराका विभिन्न अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुष, पोखरा–१६ की ६० वर्षीया महिला, पोखरा–६ का ५२ वर्षीय पुरुष, पोखरा–२१ का ८० वर्षीय पुरुष, पोखरा–६ की ३२ वर्षीया महिला र पोखरा–८ का ६५ वर्षीय पुरुषको निधन भएको छ ।

यसैगरी रुपन्देहीको सैनामैना नगरपालिका–१ का ४० वर्षीय पुरुषको मंगलबार बिहान पोखराको चरक अस्पतालमा र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको गएराति सवा १ बजे मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको छ । यसैगरी म्याग्दीको बेनी नगरपालिका–९ की ५२ वर्षीया महिला, स्याङ्जाको भीरकोट नगरपालिका–१ का ६८ वर्षीय पुरुष र तनहुँको ब्यास नगरपालिका–१ की ५७ वर्षीया महिलाको पनि निधन भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal