
काठमाडौं । चीनले अन्तरिक्षमा पठाएको लङ मार्च ५ बी रकेट अनियन्त्रित रूपमा पृथ्वीमा खस्न लागेको वैज्ञानिकहरूले बताएका छन् । सो रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको छ । यसलाई चीनले एप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेसन बनाउन प्रक्षेपण गरेको थियो ।
अनियन्त्रित भएको रकेट प्रतिघण्टा २७,६०० किलोमिटरको गतिमा पृथ्वी वरपर घुमिरहेको छ । यो कहाँ खस्छ भन्ने यकिन थाहा छैन । रकेट खस्नुभन्दा १ घण्टाअघि मात्रै थाहा पाउन सकिने वैज्ञानिकहरुले बताएका छन् ।
अनियन्त्रित भएर घुमिरहेको रकेट मे १० को वरपर खस्ने अनुमान गरिएको छ । बीबीसीका विज्ञान संवाददाता जोनाथन एमोसका अनुसार यसको स्थान भूमध्यरेखाको ४१ डिग्री उत्तर र दक्षिणबीच छ । यो पृथ्वी घुम्दा उत्तरमा न्यूयोर्क, इस्तानाबुल र बेइजिङमाथि एवं दक्षिणमा वेलिङ्गटन र चिलेमाथि पर्छ । यी स्थानहरु सम्भावित स्थान रहेको बताइएने कहाँ खस्छ भन्ने वैज्ञानिकहरूले अहिले भन्न नसकिने बताएका छन् ।
सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन। तर अबको केही दिनमा २१ टनको लङ मार्च ५बी रकेट त्यसरी पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सबैभन्दा ठूलो वस्तु बन्ने छ ।
सो रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको छ । यसलाई चीनले अप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेसन बनाउन प्रक्षेपण गरेको थियो । अहिले यो रकेट प्रतिघण्टा २७,६०० किलोमिटरको गतिमा पृथ्वी वरपर घुमिरहेको छ ।
“यदि तपाईँ भूमध्यरेखाको दुवैतर्फ ४१ डिग्रीभन्दा बाहिर बस्नुहुन्छ भने यो तपाईँमाथि खस्दैन । तर यसको क्षेत्रमा रहनुभएको छ भनेपनि तपाईँमाथि यो खस्ने सम्भावना एकदमै कम छ किनभने पृथ्वीको ७० प्रतिशत भूभाग समुद्र छ र यदि केही गरि यो वायुमण्डलमा जलेर नष्ट भएन भने पनि यो पानीमा पर्ने सम्भावना धेरै छ” वैज्ञानिकको भनाई छ ।
सन् २०२० मेमा यस्तै रकेट प्रक्षेपण गर्दा पनि त्यसका टुक्राटाक्री पश्चिम अफ्रिकाका गाउँहरूमा खसेका थिए । अमेरिकी सरकारको अनुदानमा सञ्चालन हुने एक संस्थाले अन्तरिक्षमा रहेका करिब २६ हजार मानवनिर्मित वस्तुहरूको तथ्याङ्क राख्छ ।
टेक्सस विश्वविद्यालयका प्राध्यापक मोरिबा जह भन्छन्, “ती वस्तुहरू मोबाइल फोनको आकारदेखि अन्तरिक्ष स्टेसन जत्रा सम्मका छन् । तीमध्ये ३,५०० काम गरिरहेका भूउपग्रह छन् बाँकी जम्मै कवाडी हुन् ।” उनको अनुसार अन्तरिक्षमा भएका ती वस्तुहरू काम गरिरहेका भूउपग्रहसँग ठोक्किने मात्रै होइन, २०० जति ठूलो आकारका वस्तुहरू हुन् ।
हाम्रा लागि मौसम, स्थान जानकारी वा समय जस्ता काम लाग्ने सूचना दिने भूउपग्रहहरू कुनै पनि बेला अर्को वस्तुसँग ठोक्किएर काम नगर्ने हुन सक्छन्। यसले हाम्रो दैनिक जीवनलाई नै असर गर्न सक्छ ।
सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन। तर अबको केही दिनमा २१ टनको लङ मार्च ५बी रकेट त्यसरी पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सबैभन्दा ठूलो वस्तु बन्ने छ ।