
काठमामाडौँ । भारत समर्थिन एउटा समूहले चिनियाँ राजदूतको ह त्या प्रयास गरेको छ । भारत समर्थिन विद्रोही समूहले पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङको ह’त्या गर्न ब’म वि’स्फोट गराएको छ ।
पाकिस्तानको क्वेटा शहरस्थित मशहुर सेरेना होटेलमा पाकिस्तानी तालिवानले सो घटना घटाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । घटनामा परी चार जनाको ज्यान जानुको साथै ११ जना घाइते भएका छन् ।
तर, निसानामा पारिएका चिनियाँ राजदूत नोङ रोङ भने सुरक्षित रहेका छन् । उनी घटना घटाएको उक्त होटलमा पुगेका थिएनन् । सेरेना होटल क्वेटा शहरकै सुविधा हो । उक्त होटलमा चिनियाँ राजदूत आउने कार्यक्रम रहेको सूचना पाएर वि’स्फोट गराइएको बताइएको छ । घटनाको बेला राजदूत क्वेटाकै अर्को स्थानमा आयोजित समारोहमा सम्बोधन गरिरहेका थिए ।
सो क्षेत्रमा चीनले निकै ठूला विकास परियोजना सञ्चालन गरेको छ । भारतले समर्थन गरेको उक्त समूहले चिनियाँ लगानीको विरोध गर्दै आएको छ ।