
काठमाडौँ । क्रिटेमा नेपालसँग मलेसिया पराजित भएको छ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत सोमबार भएको दोस्रो खेलमा नेपालसँग मलेसिया ९ विकेटको अन्तरमा पराजित भएको हो ।
ओपनर कुशल भुर्तेल र आसिफ शेखको लगातार उत्कृष्ट ब्याटिङसँगै नेपाल सिरिजको दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पार्न सफल भयो । मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र १ विकेटको क्षतिमा १२.१ ओभरमा पूरा गरेको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसतक पुरा गरे। भुर्तेलले ४१ बल खेल्दै ६१ रनमा अभिजित रहे। भुर्तेलले ५ छक्का र ३ चौका प्रहार गरे ।
अर्का ओपनर आसिफ शेख अर्धसतक बनाउन ८ रनले चुके । उनी १२ औं ओभरको पहिलो बलमा क्याच आउट भए । उनले २९ बल खेल्दै १ छक्का र ४ चौकाको सहयोगमा ४२ रन बनाए ।
पहिलो विकेटका लागि कुशल र आसिफले ११.१ ओभरमा १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित हात पारेको हो ।
कुशलले नेदरल्यान्ड्सँग पहिलो खेलमा ६२ रन जोडेका थिए। आसिफ ५४ रनमा अविजित रहेका थिए । यी दुई ओपनरले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट साझेदारी गरेका थिए।
खेलमा दीपेन्द्र सिंह ऐरीले ३ बलमा ६ रन बनाउँदै नेपाललाई सहज जित दिलाए । मलेसियाका लागि विरेन्दिप सिंहले १ विकेट लिए ।
यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा अल आउट भयो । मलेसियाका लागि ओपनर सायेद अजिजले सबैभन्दा बढी २७ रनको योगदान गरे। शफिक शारिफले १५ रन जोडे भने शर्भिन मुनिन्डेले २० रन बटुले ।
बलिङमा नेपालका करण केसीले ३ विकेट लिए । उनले ३ ओभरमा १७ रन दिए। सन्दीप लामिछानेले २ विकेट हात पारे । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सहाब अलाम र कुशल मल्लले १–१ विकेट लिए।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले नेदल्यान्ङ्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । आइतबार भएको दोस्रो खेलमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराएको थियो ।