आज :

अखिल क्रान्तिकारीको काठमाडौँ महानगरको सम्मेलन, बिकको अध्यक्षतामा १९ सदस्यीय समिति गठन

काठमाडौँ । अखिल (क्रान्तिकारी) काठमाडौं महानगर समितिको प्रथम इकाई सम्मेलन सम्पन्न भएको छ । आइतबार सम्पन्न सम्मेलनले हस्त बिकको नेतृत्वमा १९ सदस्यीय मुल इकाई कमिटी निर्वाचित गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को सम्मेलनको उद्घाटन गर्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मदन चन्दले वैज्ञानिक समाजवादी शिक्षाको लागि संगठन संघर्षमा रहेको बताए । अतिथि तथा अखिल क्रान्तिकारीका काठमाडौं अध्यक्ष गोबिन्द बिष्टले सम्म सम्मेलनको शुभकामना दिँदै शिक्षा क्षेत्रमा विभेद र दलालीकरण, माफियाकरण फौलाइरहेको बताउँदै त्यसको अन्त्यको लागि एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक शिक्षा लागु पर्ने धारणा राखे । उनले शिक्षा क्षेत्राका विकृति र विसंगतीकाविरुद्ध अखिल क्रान्तिकारी आन्दोलनमा रहेको बताए ।

सम्मेलनका विशेष अतिथि तथा नेकपा काठमाडौं सचिवालय सदस्य तथा महानगर इन्चार्ज सौगातले शिक्षामा रहेको विभेद अन्त्य गरी समान पहु“चको लागि एकीकृत जनक्रान्तिबाट प्राप्त हुने वैज्ञानिक समाजवादमा मात्रै सम्भव रहेको बताए । उनले आफ्नो पार्टीले शिक्षा, स्वास्थ्यलगायतका तामाम समस्याको लागि एकीकृत जनक्रान्तिमार्फत अगाडि बढेको बताए । इन्चार्ज सौगातले एकीकृत जनक्रान्तिपछि प्राप्त हुने व्यवस्थामा मात्रै सबै नागरिकका छोरोछोरीले समान शिक्षामा पहु“च पुग्ने बताउ“दै आफ्नो पार्टीको झण्डामा गोलबद्ध हुन आग्रह समेत गरे ।

सम्मेलनमा नेकपाका काठमाडौं जिल्ला सेक्रेटरी बिश्वप्रकाश, महानगर सेक्रेटरी रोमिक, र युवा सङगठन नेपालका महानगर संयोजक किर्ष अर्यालले शुभकामना मन्तव्य राखेका थिए भने हस्त बिकको स्वागत मन्तब्यबाट सुरु भएको सम्मेलनको सन्चालन पुर्णचन्द्र खड्काले गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal