आज :

नेपालमा कोरोना संक्रमित बढे, शनिबार थप ३३७ जनामा संक्रमण पुष्टि, एक जनाको ज्यान गयो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण दिनदिनै बढिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारभन्दा संक्रमितको संख्या बढेसँगै चिन्ता र चाँसो बढेको छ ।

छिमेकी भारतमा कोरोनाको दोस्रो लहर भयावह बनिरहेको बेला नेपालमा पनि संक्रमितको संख्या बढिरहेको छ । सीमामा कडाई गर्ने भनिएपनि फितलो भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सो बीचमा १ जनाको ज्यान गएको छ । त्यस्तै, शनिबार थप १५१ जनाले कोरोना जितेर सामान्य जीवनमा फर्किएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ । यस्तै हालसम्म ३ हजार ३९ जनाको मृत्यु हुँदा सक्रिय संक्रमित २८ सय जना रहेका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्नु नपरोस् भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन् । हिजो मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, फिल्म, पाटी प्यालेस बन्द गर्न सुझाव दिएको थियो । त्यस्तै, एकै ठाउँमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन समेत सरकारलाई सिफारिस गरेको थियो ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal