आज :

देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डको प्रस्ताव तर जसपा तयार भएन

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीको प्रस्तावमा जनता समाजवादी पार्टीका नेताहरु तयार भएनन् । शुक्रबार दिउँसो देउवा निवासमा बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले देउवालाई भावी प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गरेर देउवालाई प्रधानमन्त्री बनाउने प्रचण्डको प्रस्तावमा जसपाका नेताहरु तयार नभएपछि बैठक विना निष्कर्ष सकिएको छ । देउवाले त्ता समीकरणका लागि गठबन्धन बनाउनेबारे छलफल गर्न देउवाले बोलाएको तीन दलको बैठक बोलाएका थिए ।

नेताहरका अनुसार देउवा निवास बुढानिलकण्ठमा करिब आधा घण्टा चलेको बैठकमा माओवादी केन्द्र र जसपाका शीर्ष नेता सहभागी थिए । बैठकमा प्रचण्डको प्रस्ताव सुनेपछि जसपाका नेताहरुले आफूहरुलाई सयम चाहिने भनेपछि फेरि बस्ने गरी बैठक सकिएको थियो ।

बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जसपाले पार्टीमा छलफल गर्नका लागि समय माग गरेको बताए । उनले अर्को बैठक छिट्टै बस्ने बताए ।

बैठकमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन छिटै फिर्ता लिने जानकारी समेत गराएको थियो ।

यसअघि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गरेको प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र गठबन्धन सरकार बनाउन अग्रसता लिने निर्णय गरेको थियो । सोहीअनुसार देउवाले बैठक बोलाएका थिए । तर जसपाले समय मागेकोले आजको बैठक विना निष्कर्ष सकिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal