आज :

पत्रकार महासंघको चुनावः सुदूरपश्चिम प्रदेशमा रावलको टीम विजयी, उन्नतीको भोट सबैभन्दा धेरै

धनगढी । नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेशमा योगेश रावल नेतृत्वको प्यानल विजयी भएको छ । विभिन्न १२ वटा पत्रकार संगठनका साझा उम्मेदार रावलले ठूलो मतान्तरले विजयी भएका छन् ।

रावलका प्रतिस्पर्धी निर्वाचनमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा योगेश रावल विजयी भएका छन् । रावल आफ्नो प्रतिस्पर्धी कृष्ण ओलीलाई चार सय ६४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित रावलले ७ सय ५६ मत प्राप्त गरेका छन् । सत्तारुढ नेकपा –एमाले) ओली समूह निकट प्रेस चौतारी, विप्वल नेतृत्वको नेकपा निकट जनपत्रकार संगठनका उम्मेदवारी ओलीले २ सय ९२ भोट मात्र प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा योगेन्द्र बलायरले ६ सय ६५ मत प्राप्त गरी बिजयी भएका छन् । उनले प्रतिद्वन्द्वीलाई दोब्बर मतले पराजित गरेका छन् । महासचिवमा रामसिंह ठगुन्नाले ६ सय १५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कैलालीका शिवराज भट्टले ४ सय २५ मत मात्रै प्राप्त गरेका छन् ।
सचिवमा हरिप्रसाद जोशीले प्रतिस्पर्धी दार्चुलाका पत्रकार नरेन्द्रसिंह कार्कीलाई दोब्बर मतले पराजित गरेका छन् । जोशीले ६ सय ६० मत ल्याउँदा कार्कीले ३ सय ३७ मत प्राप्त गरेको निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

समावेशी सचिवमा दार्चुलाका प्रेम चुनाराले आफ्ना प्रतिस्पर्धीलाई दोब्बर बढी मतान्तरले पराजित गरेका छन् । चुनाराले ६ सय ६६ मत ल्याउँदै गर्दा उनका प्रतिस्पर्धी दलबहादुर चदाराले ३ सय २१ मत प्राप्त गरे ।

कोषाध्यक्षमा डडेल्धुराका राम धामी ५ सय ४८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी अछामका नरेशकुमार शाहीले २ सय ८१ मतमा सिमित भए । धामीले पनि दोब्बर बढी मत ल्याए ।

त्यसैगरी महिला सदस्यमा क्रान्तिकारी पत्रकार संगठनकी उम्मेदवार कालिमैया चौधरी ‘उन्नतीले’ले सबैभन्दा बढी मत ल्याएर विजयी भएकी छन् । उनले अध्यक्ष रावल पछि बढी मत ल्याएकी छन् ।

उन्नतीले ७ सय ४२ मत प्राप्त गरेकी छन् । त्यस्तै, बन्दना बमले ७ सय ७ मत ल्याएर विजयी भएकी छन् भने रादलारी रानाले ६ सय ४४ मत ल्याएर विजयी भएकी छन् । अर्को प्यानलबाट प्रपितस्र्पामा रहेकी सविता जोशी विष्टले ३ सय ३३ मत ल्याएर पराजित भएकी छन् । महिला सदस्यमा

महिला उपाध्यक्षमा कञ्चनपुरकी रेणु कार्की निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal