आज :

भारतमा कोरोना संक्रमण तीब्र गतिमा फैलिँदै, एकैदिन ५९ हजार संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दोस्रो लहर उच्च विन्दुमा पुगेको छ । भारतीय संचारमाध्यमहरुले भारतमा कोरोना संक्रमण अनुमान गरिए भन्दा निकै तीब्र गतिमा फैलिरहेको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार गएको पछिल्लो २४ घण्टामा ५९ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । वल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

एकैदिन सङ्क्रमित पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो । यसअघि बिहीवार ५३ हजारभन्दा धेरै सङ्क्रमित भेटिएका थिए । गएको २४ घण्टामा महाराष्ट्रमा मात्रै ३५ हजार ९ सय ५२ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

यस्तै, पन्जाबमा दुई हजार ७ सय, गुजरातमा एक हजार ९ सय ६१, तामिलनाडुमा एक हजार सात सय ७९, दिल्लीमा एक हजा  दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।  ५ सय १५ जना नयाँ सङ्क्रमित थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका महाराष्ट्र, गुजरात, पन्जाब, केरला, मध्यप्रदेश लगायतका ठाउँमा कोरोनाको नयाँ सङ्क्रमण बढ्दै गएको छ ।

गएको २४ घण्टामा काेराेना सङ्क्रमणबाट २ सय ५७ जनाको ज्यान गएको छ । योसँगै भारतमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या एक लाख ६० लाख ९ हजार ८३ पुगेकाे छ। भारतमा अहिलेसम्म एक करोड १८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal