
काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेको ओली समूहले संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
संसदीय दलका नेता यामलाल कँडेलका अनुसार सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको छ । बैठकले मन्त्रीहरुलाई पाँच दिनभित्र फिर्ता हुन निर्देशन समेत दिएको हो ।
एमालेबाट कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी छन् । उनीहरु नेता माधव कुमार नेपाल समूहतिर लागेका छन् ।
एमालेको संसदीय दलमा २० जना सांसद रहेपनि आजको बैठकमा १० जना मात्रै सहभागी रहेको बताइएको छ ।