
काठमाडौं । प्रतिनिधिसभाले संविधानसभा बैठक फेरि बस्ने गरी स्थगित भएको छ । मंगलबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको गरेर स्थगित भएको हो ।
२०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित यादवको ७५ वर्षको उमेरमा माघ १ गते निधन भएको थियो । उनी खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत भएका थिए ।
शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराए ।
प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते अपरान्ह १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।