
काठमाडौं । हुम्ला जिल्ला नाम्खा गाउँपालिका साविकको मुचु गाविस आध्यक्ष तथा नेपाली काँग्रेस १२औं माहाधिवेशन प्रतिनिधी उटुप लामाको ७० वार्षको उमेरमा निधन भएको छ । सोमबार नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले बौद्ध परम्परा अनुसार टेकुमा भएको दाहसंस्कारमा पार्टीको झाण्डा ओडाएर लामाप्रति श्रद्धान्जली अर्पण गरेका छन् ।
महामन्त्रि कोइरालाले जनजाति महासंघ हुम्लाका पूर्व उपाध्यक्षसमेत रहेका लामाको निधनले राष्ट्रियता,समाजवाद र लोकतन्त्रमा अपूरणिय क्षति पुगेको बताउँदै भने,“दिवंगत आत्मले चिर शान्ति पाओस र घर–परिवार तथा आफन्त जनप्रति धैर्य धारणा गर्ने क्षमता भगवानले प्रदान गरुन्, हार्दिक समवेदना ।”
श्रद्धान्जली कार्यक्रममा सामाजिक लोकतन्त्र अधयन केन्द्र हुम्ला सयंयोजक जगत बहादुर धामीले लोकतान्त्रिक योद्धा उटुप लामा हुम्लि जनताको आस्थाको धरोहर रहेको र उनको बाटो अरुले पनि अंगाल्नु पर्ने अनलाइन डबलीसंग कुरा गर्दै बताए ।
पूर्व सभासध रिता शाही, ने.का. सूचना ,संचार तथा प्रचार बिभाग सदस्य बसन्त रोकाय ने. का.हुम्लाका नेता ठान बहादुर रोकाया तथा नेपाली काग्रेसका नेता कार्यकर्ता र हुम्लि वासीहरुको उपस्थितीमा श्रद्धान्जली कार्यक्रम भएको थियो ।