News Portal

  • सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलः ब्याइज युनियन र नयाँ बस्ती युवा क्लबीच खेल हुँदै

    डबली संवाददाता२०७७ फागुन १६ गते
    ११६ पटक

    काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तरगत आज ब्याइज युनियन क्लब र नयाँ बस्ती युवा क्लबीच खेल हुँदैछ । दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा दुबै टीमले जितको दाबी गरेका छन् ।

    अंकतालिकामा दुबै टीम बराबरीमा छन् । तर, ब्वाइज युनियन ११ अंकसहित चौथो स्थानमा रहेको छ भने नयाँ बस्ती पनि ११ अंकसहित नै पाँचौं स्थानमा रहेको छ । आज नयाँ बस्तीले आजको खेल जितेमा स्थान सुधार गर्नेछ भने ब्वाइज युनियनले जितेमा अंक सुधार गर्नेछ

    त्यस्तै आजै खुमलटार युथ क्लब र झम्सीखेल युथ क्लब भिड्दैछन् । आज दिउँसो साढे ३ बजे हुने खेलमा दोस्रो स्थानमा रहेको खुमलटार नवौं स्थानमा रहेको झम्सीखेलबीच खेल हुँदैछ ।

    आजको खेलमा खुमलटारले शीर्ष स्थानका लागि अंक सुधार गर्ने दाउमा रहेको छ भने झम्सीखेल पनि आठौं स्थानमा पुग्ने तयारीमा छ । लिगमा खुमलटार १६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने झम्सीखेल ६ अंकसहित नवौं स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस्